केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मिसायल परीक्षण गरिरहन्छौं ः उत्तर कोरिया

सहयात्रा टिभी

बैशाख ५ । उत्तर कोरियाले आफनो आणविक गतिविधि निरन्तर रहने स्पष्ट पारेको छ ।
उत्तर कोरियाका एक वरिष्ठ अधिकारीले बिबिसीलाई अन्तवार्ता दिंदै संयुक्त राष्ट्रसंघ र विश्व शक्ति राष्ट्रको प्रतिबन्धका बावजुत आफनो मिसायल परीक्षणको कार्यक्रम जारी रहने बताए । उत्तर कोरियाका सहायक बिदेश मन्त्री हान सङ र्योलले साप्ताहिक, मासिक र वार्षिक रुपमा आणविक परीक्षण गरिरहने चेतावनी दिए । अमेरिकासंग सैन्य तनाव बढिरहेकाबेला आफनो आणविक कार्यक्रम भनै आवश्यक भएको उनले बताए । अमेरिकाले सैन्य शक्ति प्रयोग गरे विश्व युद्धको स्थिति आउने बताए । यसअघि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियासंगको रणनीति धैर्यताको सीमा नाघिसकेको बताउ“दै अमेरिकासंग नजिस्किन उत्तर कोरियालाई चेतावनी दिएका थिए ।।।

प्रकाशित : 18 April, 2017

प्रतिक्रिया दिनुहोस्