केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रपति भण्डारी उडिसा र गुजरात जाँदै

सहयात्रा टिभी

बैशाख ६, २०७४ । भारतको राजकीय भ्रमणमा रहनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज गुजरात र उडिसा अवलोकनमा जाँदै हुनुहुन्छ । राष्ट्रपतिले गुजारातको द्धारकाधिस र उडिसाको जगन्नाथ पुरी लगायतका मन्दिरमा आज पुजाअर्चना गर्नुहुने छ । भण्डारीले गुजरातको महिला सशक्तिकरण परियोजनाको समेत अवलोकन गर्नुहुनेछ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले गुजरातका मुख्यमन्त्री विजय रुपानी र उडिसाका मुख्यमन्त्री रविन पट्नायकसंग शिष्टाचार भेट गर्नुहुनेछ । राष्ट्रपति भण्डारी मंगलवार भारतीय समकक्षी प्रणव मुखर्जीले आयोजना गर्नुभएको रात्रीभोजमा सहभागी हुनुहुभएको थियो भने उच्चस्तरीय भेटवार्ता समेत गर्नुभएको थियो । उहाँसंग प्रधानमन्त्री नरेन्द्र मोदी सहित गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुषमा स्वराज, अर्थमन्त्री अरुण जेट्ली लगातले छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । राष्ट्रपतिको औपचारिक भ्रमण सकिएपछि भ्रमण टोलीमा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महत र शिक्षामन्त्री धनिराम पौडेल भने आज स्वदेश फर्किनु भएको छ ।

प्रकाशित : 19 April, 2017

प्रतिक्रिया दिनुहोस्