केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रियल म्याड्रिड र एथ्लिट्को म्याड्रिड सेमिफाइनलमा, रोनाल्डोको ह्याट्रिक

सहयात्रा टिभी

बैशाख ६, २०७४ । रियल म्याड्रिड र एथ्लिट्को म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेका छन् । च्याम्पियन्स लिग लिग अन्तर्गत क्वार्टरफाइनलको दोस्रो आ–आफ्ना खेलमा जित निकाल्दै रियल म्याड्रिड र एथ्लिट्को म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेका हुन् । क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकसंगै बायर्न म्यूनिखमाथि चार–दुईको नजिता निकाल्दै रियल म्याड्रिडले सेमिफाइनलमा आफ्नो स्थान पक्का पारेको हो । रोनाल्डोले क्रमशः ७६ औं, १०४ औं र १०९ औं मिनेटमा गोल गरे । फिडेन्डिङ च्याम्पियन रियलले पहिलो लेग दुई–एकले जितेको थियो । यस्तै दोस्रो लेगमा लेष्टर सिटीसंग एक–एकको बराबरी खेल्दै एथ्लिट्को म्याड्रिडले पनि च्याम्पियन्स लिगको सेमिफाइलमा स्थान बनायो । पहिलो लेगमा एथ्लिट्को म्याड्रिड एक–शुन्यले विजयी भएको थियो ।।।

प्रकाशित : 19 April, 2017

प्रतिक्रिया दिनुहोस्