केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चीनसंग मिलेर उत्तर कोरियामाथि दवाव दिने अमेरिकी नीति

सहयात्रा टिभी

बैशाख ६, २०७४ । उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा तनाव बढाउन थालेको भन्दै अमेरिकाले आक्रोश व्यक्त गरेको छ । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले पछिल्लो असफल मिशाईल परीक्षणपछि चीनसंग मिलेर तनाव घटाउन लागेको बताएका छन । परीक्षण गरेको केही क्षणमा सो मिसाईल पड्किएको पेन्टागनको दावी छ । प्योङयाङले हरेक साता मिशाईल परीक्षण गर्ने योजना रहेकाले आफु माथि अमेरिका जाईलागेमा युद्ध भड्किने चेतावनी दिएको छ । उत्तर कोरियालाई आणविक हतियार मुक्त गर्नका लागि चीनसंग मिलेर दबाब दिने अमेरिकाको नीति रहेको रक्षामन्त्री म्याटिसले बताए । आफनो शक्तिको अनुभुति दिलाउनका लागि अमेरिकाले मिशाईल परीक्षण असफल पार्ने योजना बनाएको बताईएको छ ।

प्रकाशित : 19 April, 2017

प्रतिक्रिया दिनुहोस्