केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उत्तर कोरियाको आणविक गतिविधिप्रति चीन गम्भीर

सहयात्रा टिभी

बैशाख ७, २०७४ । चीनले उत्तर कोरियाको आणविक विकास र गतिविधिप्रति आफनो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिबिसीसंगको अन्तवार्तामा उत्तर कोरियाका सहायक बिदेश मन्त्रीले दिएको अन्तवार्ताले आफूलाइ झसंग बनाएको चीनले जनाएको छ । चीनको बिदेश मन्त्रालयका प्रवक्ता लु काङले तनाव बढाउने कुनैपनि शब्द र गतिविधिको आफनो मुलुकले बिरोध गर्ने बताए । उत्तर कोरियाका सहायक बिदेशमन्त्रीले आफनो मिसायल परीक्षण र आणविक विकासको क्रम नरोकिने बरु यसको गति बढने बताएका थिए । उनले अमेरिकाले आक्रमणको योजना बनाए कडा प्रतिवाद स्वरुप आणविक आक्रमण गर्ने चेतावनी दिएका थिए । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले आफनो रणनीतिक धैर्यतको अवधि सकिएको जनाउ“दै अब चूप लागेर नबस्ने बताएका थिए । पछिल्लो समय उत्तर कोरियाको शैली देखेर चीन पनि वाक्क भएको विश्लेषण गरिएको छ ।

प्रकाशित : 20 April, 2017

प्रतिक्रिया दिनुहोस्