केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरियो

सहयात्रा टिभी

बैशाख ७, २०७४ । बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । बुधवार राती सम्पन्न क्वार्टरफाइनलको दोस्रो लेगमा युभेन्टससंग गोलरहित बराबरीमा रोकिंदै बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा दुबैतर्फबाट कुनै गोल हुन सकेन । गोलरहित बराबरी पछि समग्रमा तीन–शुन्यको हार व्यहोर्दै बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो लेगमा बार्सिलोना तीन–शुन्यले पराजित भएको थियो । उता बोरुसिया डर्टमण्डलाई तीन–एकले पराजित गर्दै समग्रमा ६–३ को नजिताका साथ मोनाको च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ । मोनाकोको जितमा काइलियन मेपे, राडामेल फाल्काओ र भालेरे जरमैनले गोल गरे भने बोरुसियकातर्फबाट मार्को रुइसले सान्त्वना गोल फर्काए । पहिलो लेगमा मोनाको तीन–दुईले विजयी भएको थियो । सन् २ हजार ४ पछि मोनाको पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको हो । यससंगै च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइल समीकरण समेत सकिएको छ । डिफेण्डिङ च्याम्पियन रियल म्याड्रिड, एथ्लिट्को म्याड्रिड, युभेन्टस र मोनाको च्याम्पियन्स लिगको च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेका छन् ।।।

प्रकाशित : 20 April, 2017

प्रतिक्रिया दिनुहोस्