केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पाँच मधेशी दल आज एक हुँदै, उपेन्द यादव बाहिर

सहयात्रा टिभी

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध पाँच दलबीच आज एकता घोषणा हुने भएको छ । लामो गृहकार्य पछि आज तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्टिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी र फोरम गणतान्त्रिकबीच एकता घोषणा हुन लागेको नेता राजकिशोय यादवले जानकारी दिनुभयो । उहाँले कालिकास्थानस्थित एक पार्टी प्यालेसमा दिउ“सो १ बजे एकता घोषणा कार्यक्रम रहेको जानकारी दिनुभयो । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी भने बाहिरै रहेका छन । नेता यादवले यादव र झा पनि चा“डै एकीकरण प्रक्रियामा सहभागी हुने दावी गर्नुभयो । एकीकृत पार्टीबाट मधेश भन्ने शब्द हटाएर नेपाली जनता पार्टी राख्ने लगभग सहमति भैसकेको छ ।

प्रकाशित : 20 April, 2017

प्रतिक्रिया दिनुहोस्