केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकार–मोर्चा आज सहमति हुन सक्ने

सहयात्रा टिभी

बैशाख ९, २०७४ । परिमार्जन सहित संविधान संशोधन प्रस्ताव पारित गर्न सत्तापक्ष तयार भएपछि सरकार र मधेशी मोर्चाबीच सहमतिको सम्भावना बढेको छ । नयाँ संशोधन प्रस्तावमा असहमती जनाउदै स्थानीय निर्वाचन बहिष्कारको घोषणा गरेको मोर्चाले परिमार्जन सहित संशोधन प्रस्ताव पारित गर्न सरकार तयार भए निर्वाचनमा सहभागी हुने जनाएको छ । संशोधन प्रस्तावमा सहमती जुटाउन २–२ जना सदस्य रहने गरी चार सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा कांग्रेसका तर्फबाट कृष्णप्रसाद सिटौला र राप्रपाबाट बुद्धिमान तामाङ तथा मोर्चाका तर्फबाट लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठ सदस्य हुनुहुन्छ । कार्यदलले आज बिहान छलफल गरी तयार पारेको प्रस्तावमा दिउ“सो २ बजे बस्ने संयुक्त बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । मोर्चाका नेताहरुले सिमांकन हेरफेरका लागि धारा २ सय ७४ को संशोधन, संघीय अयोगको क्षेत्राधिकार, स्थानीय तहको संख्या वृद्धि र स्थानीय तहलाई प्रदेश मातहत राख्ने गरि राजनीतिक सहमती जुटे स्थानीय निर्वाचनमा सहभागि हुने बताएका छन । निर्वाचन अगाडीनै संविधानमा उल्लेख भए अनुसार स्वयत्त, विशेष र संरक्षित क्षेत्र टुङ्गो लगाउनुपर्ने मोर्चाको माग छ ।

प्रकाशित : 22 April, 2017

प्रतिक्रिया दिनुहोस्