केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोलकताको दोस्रो हार, गुजरातको शानदार जित

सहयात्रा टिभी

बैशाख ९, २०७४ । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरातले कोलकाता नाइट राइडर्समाथि चार विकेटको जित निकालेको छ । १ सय ८८ रनको लक्ष्य गुजरातले खेल सकिन दश बल अगावै ६ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो । उसका लागि कप्तान सुरेश रैनाले ८४ रन बनाए । त्यस्तै ब्राण्डम म्याकलम ३३ र आरोन फिन्च ३१ रनमा आउट भए । बलिङतर्फ कोलकाताका नाथन कोल्टर नाइल र कुलदीप यादवले समान दुई–दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित बीस ओभरमा पांच विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । उसका लागि रोबिन उथप्पाले ७२ तथा सुनिल नरायनले ४२ रन बनाए । प्रतियोगिता अन्तर्गत शनिवार राइजिङ पुने सुपरजायन्ट र सनराइजर्स हैदराबाद तथा मुम्बई इण्डियन्स र दिल्ली डेयर डेभिल्सबीच प्रतिस्पर्धा हुनेछ ।।।

प्रकाशित : 22 April, 2017

प्रतिक्रिया दिनुहोस्