केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकार–मोर्चाबीच सहमति, निर्वाचन दुइ चरणमा, एमाले असन्तुष्ट

सहयात्रा टिभी

बैशाख १०, २०७४ . सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच दुइ चरणमा स्थानीय तहको निर्वाचन गर्ने  सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्ने र मधेशी मोर्चा पनि निर्वाचनमा सहभागी हुने सहमति भएको हो । लामो गृहकार्यपछि मोर्चाले घोषणा गरेको आमहडतालसहितका आन्दोलनका कार्यक्रम स्थगित भएका छन । आज बस्ने मन्त्रिपरिषद् बैठकले संशोधन प्रस्तावको परिमार्जनमाथि आवश्यक निर्णय गर्नेछ । यस्ता छन सहमतिका बुँदा ः

  • बैशाख ३१ गतेको लागि घोषित स्थानीय निकायको चुनाव दुई चरणमा गरिने ।
  • पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशमा निर्वाचन गर्ने ।
  • बाँकी प्रदेशमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने ।
  • सरकारले मोर्चासँग आज भएको सहमति अनुसार परिमार्जनसहित संविधान संशोधन विधेयक फास्ट ट्र्याकबाट पास गराउने । भोली बस्ने मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय लिदै संसदमा दर्ता गर्ने ।
  • तराईका केही जिल्लामा स्थानीय निकायको संख्या थपिने । निर्वाचन आयोगसग त्यसबारे परामर्श गरिने ।
  • स्थानीय निकायको संख्या स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनअनुसार हुने ।
  • प्रदेश सिमांकनको बिषय संघीय आयोगको प्रतिवेदनअनुसार हुने ।
  • भाषा आयोगको प्रतिवेदनअनुसार संविधानको अनुसुचीमा राष्ट्रिय भाषा थपिने ।
  • मोर्चाले घोषित आन्दोलनका कार्यक्रम स्थगित गर्ने ।

एमाले असन्तुष्ट

सरकार र मोर्चाबीचको सहमतिप्रति बिपक्षी नेकपा एमाले भने असन्तुष्ट बनेको छ । एमालेले कुनैपनि हालतमा दुइ निर्वाचन चरणमा हुन नसक्ने भन्दै सहमतिलाइ निर्वाचन नगर्ने षडयन्त्र भएको टिप्पणी गरेको छ  ।

 

प्रकाशित : 23 April, 2017

प्रतिक्रिया दिनुहोस्