केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्रीद्वारा मोर्चासंगको सहमति कार्यान्वयन गर्न निर्वाचन आयुक्तहरुसंग परामर्श

सहयात्रा टिभी

बैशाख १०, २०७४ । प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो र दोस्रो चरणको निर्वाचन र त्यसको तयारीबारे निर्वाचन आयोगका आयुक्तहरुसंग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका आयुक्तहरुसंग परामर्श गर्नुभएको हो । सरकार र संघीय गठबन्धनबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा उहाँले आयुक्तहरुको राय बुझनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले दुइ चरणमा निर्वाचन गर्न सकिने स्थिति, आयोगको अफ्ठ्यारो र प्राविधिक तयारी लगायतका विषयमा चासो राख्नु भएको थियो ।

प्रकाशित : 23 April, 2017

प्रतिक्रिया दिनुहोस्