केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पूर्व अधिराजकुमारी प्रेरणा नर्भिकबाट डिस्चार्ज

सहयात्रा टिभी

बैशाख १०, २०७४ । अस्वस्थ भइ गत चैत २७ गते नर्भिक अस्पताल भर्ना हुनु भएकी पूर्व अधिराजकूमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंह आज डिस्चार्ज हुनु भएको छ । सिंहको स्वास्थ्य अवस्था राम्रो भएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । सिंहलाई सेरिब्रल भेनस साइनस् थ्रम्बोसिस भएपछि अस्पताल भर्ना गरिएको थियो । सिंह हाल बिना सहायता हिंडडुल गर्न सक्ने भएको अस्पतालले जनाएको छ । सिंहको उपचारमा स्नायू रोग विशेषज्ञ पंकज जलान तथा सिंहका पारिवारिक चिकित्सक किशोरजंग राणा संलग्न हुनुहुन्थ्यो ।

प्रकाशित : 23 April, 2017

प्रतिक्रिया दिनुहोस्