केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माओवादीद्वारा गठवन्धनसंगको सहमति अनुमोदन

सहयात्रा टिभी

बैशाख १०, २०७४ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले सरकार र संघीय गठबन्धनबीच भएको सहमतिलाई अनुमोदन गरेको छ । आज बिहान बसेको केन्द्रीय कार्यालयको बैठकले सरकार र गठबन्धनबीच भएको सहमतिको प्रस्तावलाई अनुमोदन गरेको हो । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय गठबन्धन र मधेसी मोर्चाका नेताहरुसंग भएको सहमतिबारे बैठकमा नेताहरुलाई जानकारी गराउनु भएको थियो । दाहालले सहमतिपछि सवै राजनीतिक दल चुनावमा सहभागी हुने वातावरण बनेको भन्दै निर्वाचनको तयारीमा लाग्न निर्देशन दिनु भएको थियो । बैठकले सरकार र गठबन्धनबीच भएको सहमतिलाई कार्यान्वयन गर्न पार्टीले आवश्यक पहल गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित : 23 April, 2017

प्रतिक्रिया दिनुहोस्