केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भेनेजुयलामा राष्ट्रपतिद्वारा वार्ताका लागि बिपक्षीलाई आह्वान

सहयात्रा टिभी

बैशाख ११, २०७४ । भेनेजुएलामा सरकारबिरोधी आन्दोलन तथा प्रदर्शन चर्किएपछि राष्ट्रपति निकोलस मदुरोले वार्ताका लागि विपक्षीलाई आह्वान गरेका छन । राष्ट्रपति मदुरोले समस्या समाधानका लागि वार्ता आवश्यक रहेको भन्दै विपक्षीलाई आग्रह गरेका हुन । उनले स्थानीय तह निर्वाचनको मिति समेत घोषणा गर्न आफू तयार रहेको भन्दै आवश्यक छलफल गर्न समेत बिपक्षीलाई आग्रह गरेका छन । मदुरोले राज्यले निर्वाचन चाहेको बताएपनि राष्ट्रपतीय निर्वाचनबारे भने केही उल्लेख गरेका छैनन । भेनेजुएलामा करिब १ महिनायता सरकारबिरोधी प्रदर्शन जारी छ । प्रदर्शनकारीले राष्ट्रपति मदुरोलाई राजिनामा दिन तथा आगामी बर्षका लागि तोकिएको निर्वाचनको मिति अगाडी सार्न माग गरेका छन् । मुलुकमा देखिएको आर्थिक संकटमा सरकार जिम्मेवार भएको विपक्षीको आरोप छ ।

प्रकाशित : 24 April, 2017

प्रतिक्रिया दिनुहोस्