केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरियाबारे अमेरिकी सिनेटमा छलफल

सहयात्रा टिभी

बैशाख १२, २०७४ । उत्तर कोरियाको आणविक गतिविधिका विषयमा अमेरिकी सिनेट बैठकमा छलफल हुने भएको छ । उत्तर कोरियाले अमेरिका लगायत छिमेकी राष्ट्रहरुलाइ मिसायल परीक्षण गर्दै धम्काउन थालेपछि अमेरिकी सिनेटमा छलफल हुन लागेको हो । अमेरिकाले उत्तर कोरियाको मिसायल परीक्षण र आफू लगायत छिमेकी राष्ट्रलाइ धम्क्याएको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । सिनेटमा बैठकमा १ सय सिनेटरसहित रक्षा सचिव जेम्स म्याटिस र राज्य सचिव टिलेरसन पनि सहभागी हुनेछन । अमेरिका लगायत बिभिन्न शक्ति राष्ट्रले उत्तर कोरियासंगको साँठगाठबाट चीनलाइ बाहिरिन दवाव दिंदै आएका छन । यो विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच आइतबार मात्रै टेलिफोनमा कुराकानी भएको थियो । चीनले तनाव बढाउने कुनैपनि गतिविधि स्वीकार्य नहुने बताउ“दै आएको छ ।

प्रकाशित : 25 April, 2017

प्रतिक्रिया दिनुहोस्