केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मुम्बई ३ रनले हा¥यो, पुनेको रोमाञ्चक जित

सहयात्रा टिभी

बैशाख १२, २०७४ । भारतमा जारी इण्डियन प्रिमियर लिग आइपिएलमा राइजिङ पुने सुपरजायन्ट विजयी भएको छ । आइपिएल अन्तर्गत गएराति पुनेले मुम्बई इण्डियन्स माथि तीन रनको रोमांचक जित निकालेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित बीस ओभरमा आठ विकेटको नोक्सानीमा १ सय ५७ रनमात्र जोड्न सक्यो । उसका लागि कप्तान रोहित शर्माले ५८ रन बनाए । बलिङमा पुनेका जयदेव उनधकट र बेन स्टोक्सले समान दुई–दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुनेले निर्धारित बीस ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ६० रन बनाएको थियो । उसका लागि राहुल त्रिपाठीले ४५ तथा अजिंक्या राहानेले ३८ रन बनाए । बलिङमा मुम्बईका कर्ण शर्मा र जसप्रित बुम्राहले समान दुई–दुई विकेट हात पारे । प्रतियोगिता अन्तर्गत आज रोयल च्यालेञ्जर्स बेङ्लोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ ।।।

प्रकाशित : 25 April, 2017

प्रतिक्रिया दिनुहोस्