केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारलाइ झट्का, डीआइजी सिलवाललाई राहत !

सहयात्रा टिभी

१२ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका डीआईजी नवराज सिलवालमाथि कुनै पनि कारवाही अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । सर्वोच्चका बिभिन्न तीन न्यायाधीशको संयुक्त इजलासले अदालतमा बिचाराधीन मुद्दाको किनारा नलागेसम्म सिलवालमाथि कुनै कारवाही अघि नबढाउन आदेश दिएको हो । आदेशमा आईजीपी नियुक्ति सम्बन्धी कुनै पनि प्रसंगलाई लिएर सिलवाल उपर कुनै प्रकारबाट छानविन, निलम्बन वा कुनै प्रकारको अभियोगमा मुद्दा लगाउने कार्य नगर्न नगराउन उल्लेख छ ।
सरकारी कागज किर्ते गरेको अभियोगमा सरकारले डीआईजी सिलवालमाथि छानविन थालेको थियो । सरकारी छानविन समितिले सोमबार सिलवाललाई पक्राउ गरेर बयान लिन खोजेपनि बन्दी प्रत्यक्षीकरणको मुद्दा हालेपछि उनी छुटेका थिए । आईजीपी नियुक्तिमा सिलवालले आफूमाथि अन्याय भएको भन्दै दायर गरेको मुद्दाको बैशाख १९ गतेबाट पूर्ण इजलासले सुुनुवाई हुँदैछ ।

प्रकाशित : 25 April, 2017

प्रतिक्रिया दिनुहोस्