केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन

सहयात्रा टिभी

बैशाख १३, २०७४ । आज मातातीर्थ औंशी  अर्थात आमाको मुख हेर्ने दिन ।
ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रुपमा वैशाख कृष्ण औंशीलाई मातातीर्थ औंशीका रुपमा मनाउने गरिन्छ । बिहानै उठेर नुहाएर आफनी आमालाई तीर्थ बराबर मानेर उपहार, मीठो खानेकुरा, नया“ कपडा आदि दिने र आशिर्वाद लिने गरिन्छ । आमाप्रति सम्मान प्रकट गर्ने मानिसहरु आमा भएको ठाउँमा पुग्ने गर्छन । आमाले पनि छोराछोरीलाई दीर्घायु, सुस्वास्थ्यको आशिर्वाद दिने चलन छ । आमा नभएकाहरुले काठमाडौंको थानकोटस्थित मातातीर्थ कुण्डमा स्नान गरि फलफूल, खाद्यन्न चढाउने गर्दछन् । दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औंसीमा मातातीर्थमा ठूलो मेला लाग्ने गर्दछ । मेलामा सहभागी भई त्यहा“स्थित कुण्डमा स्नान गरि दान गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ । आजकै दिन भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने प्रचलन छ

प्रकाशित : 26 April, 2017

प्रतिक्रिया दिनुहोस्