केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इंग्लिस प्रिमियर लिगमा चेल्सी शीर्षमा, साउथह्याम्टन ४–२ ले हार्यो 

सहयात्रा टिभी

बैशाख १३, २०७४ । इंग्लिस प्रिमियर लिगमा चेल्सी तालिकाको शीर्ष स्थानमा कायमै छ ।
पछिल्लो खेलमा प्रिमियर लिग अन्तर्गत साउथह्याम्टनमाथि चार–दुईको जित निकाल्दै चेल्सीले दोस्रो स्थानको टोटनह्यामसंगको दूरी सात अंकले बढाएको हो । ५ औं मिनेटमा नै इडन हजार्डको गोलमार्फत चेल्सीले अग्रता लियो । २४ औं मिनेटमा साउथह्याम्टनका ओरिओल लाकाकुले गोल गर्दै खेल बराबरी गरे । त्यसपछि चेल्सीकातर्फबाट गेरी चाहिलले ४५ औं र डिएगो कोष्टाले क्रमशः ५३ औं र ८९ औं मिनेटमा गोल थपे । साउथह्याम्टनका बर्टयाण्डले खेल सकिन केही मिनेट अघि गोल गरेपछि चेल्सीले समग्रमा चार–दुईको जित निकाल्यो । तालिकामा पहिलो स्थानको चेल्सीको ३३ खेलबाट ७८ अंक रहेको छ भने एक खेल कम खेलेको दोस्रो स्थानको टोटनह्यामको ७१ अंक रहेको छ ।

प्रकाशित : 26 April, 2017

प्रतिक्रिया दिनुहोस्