केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राप्रपाको घोषणापत्रमा– गाउँदेखि देश, अनुशासनदेखि संस्कार बदल्ने कुरा 

सहयात्रा टिभी

बैशाख १३, २०७४ । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । अध्यक्ष कमल थापाले पार्टीका शीर्ष नेता र कार्यकर्ताहरुकाबीच राजधानीमा एक समारोहकाबीच घोषणापत्र सार्वजनिक गर्नुभयो । घोषणा पत्र सार्वजनिक गर्दै अध्यक्ष थापाले निर्वाचनमा आफूले जितेको गाउं र नगरपालिकामा संगठीत रुपमा धर्म परिवर्तन गर्न नदिने नीति पार्टीले लिएको बताउनुभयो । पार्टीको चुनाव चिन्ह समेत रहेको गाईको संरक्षणका लागि गाउँ र नगरपालिकामा गौशाला निर्माण गर्ने कुरा घोषणापत्रमा उल्लेख छ । यस्तै, एक परिवार एक रोजगारी, २५ जनाभन्दा बढीलाई रोजगारी प्रदान गर्ने उद्योग तथा व्यवसायलाई १० वर्षसम्म सबै प्रकारका स्थानीय कर मिनाहा गर्ने प्रतिबद्धता राप्रपाले जनाएको छ । पाँच बर्ष भित्र प्रत्येक घरमा बिजुली र खानेपानी तथा हरेक वडामा मोटरबाटो पु¥याउने विषय पनि समेटिएको छ । अध्यक्ष थापाले भोजन, आवास, स्वास्थ्य, शिक्षा र रोजगार, गरिबी निवारण पार्टीको प्रमुख ५ वटा प्राथमिकता भएको उल्लेख गर्नुभयो । मुलुकको समृद्धिका लागि यातायात, सञ्चार र साना जलविद्युतलाई प्राथमिकता दिने बताइएको छ । यस्तै, आफूले जितेका स्थानीय निकायका कार्यालयहरुमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको फोटो राख्ने जनाएको छ । गाउँ र नगरपालिकाहरुमा बन्द गर्न नपाइने कानुनी व्यवस्था गर्ने उद्घोष पनि राप्रपाले गरेको छ । आगामी १० वर्षमा हरेक नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने, प्रत्येक गाउँपालिकालाई आत्मनिर्भर र व्यवस्थित नगरोन्मुख गाउँका रुपमा विकसित गर्ने, कूल बजेटको कम्तिमा २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्ने, माध्यामिक तहसम्मको पढाइ निःशुल्क गर्ने लगायतका बुँदा पनि घोषणापत्रमा उल्लेख छन । राप्रपाले शिक्षकहरुलाई राजनीतिक दलको सदस्य बन्न रोक लगाउने बताएको छ । साथै स्कुलहरुमा बन्द हड्ताल गर्न र दलको भ्रातृ संगठन खोल्न बन्द गरी शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने बाचा घोषणापत्रमा गरिएको छ ।
मुलुकका ठूला दलहरुप्रतिको दृष्ट्रिकोण स्पष्ट गर्दै घोषणापत्रमा कांग्रेस र एमाले बिकल्पहीन पार्टी भएको र माओवादी केन्द्र खस्किएकाले राप्रपा बलियो बैकल्पिक शक्ति भएको उल्लेख गरिएको छ ।

प्रकाशित : 26 April, 2017

प्रतिक्रिया दिनुहोस्