केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उत्तर कोरियामाथि कडा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

सहयात्रा टिभी

बैशाख १४, २०७४ । संयुक्त राष्ट्रसंघको आदेशसम्मेत उल्लंघन गर्दै उत्तर कोरियाले आफनो आणविक कार्यक्रम नरोकेपछि अमेरिकाले कडा प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकाले उत्तर कोरियाको परमाणु र मिसायल कार्यक्रम बन्द गराउन प्रतिबन्धको तयारी गरेको हो । यसका लागि कुटनीतिक पहल सुरु भैसकेको छ । उत्तर कोरियाबारे सिनेटमा पर्याप्त छलफल गरिसकेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफनो नीति सार्वजनिक गरेका हुन । यसअघि अमेरिकी शीर्ष सैन्य कमाण्डरले दक्षिण कोरियामा उन्नत मिसायल प्रतिरोधी प्रणाली स्थापना गर्नुपर्ने बताएका थिए । प्रशान्त कमाण्डका प्रमुखले एडमिरल हैरी ह्यारिसले उत्तर कोरियाको मिसायलबिरुद्ध लडन अमेरिकाले सर्वश्रेष्ठ प्रविधि प्रयोग गर्ने बताए । चीनले भने दक्ष्ँिण कोरियामा मिसायल प्रतिरोधी प्रणाली स्थापना गर्दा त्यसले असन्तुलन पैदा गर्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।।।

प्रकाशित : 27 April, 2017

प्रतिक्रिया दिनुहोस्