केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोलकता आइपिएलको शीर्षमा, आज बेङ्लोर र गुजरात भिडदै

सहयात्रा टिभी

बैशाख १४, २०७४ । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा उक्लिएको छ । आइपिएल अन्तर्गत गएराती राइजिङ पुने सुपरजायन्टमाथि सात विकेटको जित निकाल्दै कोलकाता तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । १ सय ८३ रनको लक्ष्य कोलकाताले खेल सकिन एघार बल अगावै तीन विकेटको नोक्सानीमा पूरा ग¥यो । कोलकाताको जितमा रोबिन उथप्पाले ८७ तथा कप्तान गौतम गम्भिरले ६२ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुनेले निर्धारित बीस ओभरमा पांच विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । उसका लागि कप्तान स्टेभेन स्मिथले ५१ रन बनाए । बलिङमा कोलकाताका कुलदीप यादवले दुई विकेट लिए । प्रतियोगिता अन्तर्गत आज रोयल च्यालेञ्जर्स बेङ्लोर र गुजरात लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।।।

प्रकाशित : 27 April, 2017

प्रतिक्रिया दिनुहोस्