केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारसंग संघीय गठवन्धन रुष्ठ, बालुवाटारमा चर्काचर्की

सहयात्रा टिभी

बैशाख १४, २०७४ । स्थानीय तहको संख्या बढाउने आफनो निर्णयबाट सरकार पछि हटोपछि संघीय गठवन्धन सरकारसंग रुष्ठ भएको छ । तराईका ११ जिल्लामा स्थानीय तहको संख्या बढाउन परिपत्र जारी गरिसकेका बेला एमालेको दवावमा निर्णय फिर्ता लिएपछि राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय गठवन्धन सरकारसंग आक्रोशित भएका हुन । उनीहरुले सरकारले सहमति उल्लंघन गरेको भन्दै आन्दोलनका चेतावनी दिएका छन । यो विषयमा अहिले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र तराई केन्द्रीत दलका नेताहरुबीच छलफल भैरहेको छ । गठवन्धनका नेताहरुले सहमति भाँडने भन्दै प्रधानमन्त्री दाहालप्रति आक्रोश पोेखेका छन । उनीहरुले आफूहरुसंग भएको सहमति पालना नहुने हो भने आफूहरुपनि चुप लागेर नबस्ने चेतावनी दिएका छन । यसअघि नेकपा एमालेले स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता लिएपछि संसद्को अवरोध खोलेको थियो । अवरोध खुलेपछि संसद् बैठकमा संविधान संशोधन बिधेयकमाथिको सैद्धान्तिक छलफल पनि सुरु भएको छ ।

प्रकाशित : 27 April, 2017

प्रतिक्रिया दिनुहोस्