केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संविधान संशोधन हुन नदिन एमाले गठवन्धन ब्युँतियो

सहयात्रा टिभी

बैशाख १४, २०७४ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेतृत्वको ९ दलीय गठबन्धन पुनः सक्रिय बन्न लागेको छ । सरकारले गत मंसिर १४ गते संशोधन प्रस्ताव ल्याएसंगै सो विरुद्ध गठबन्धन सक्रिय रहेकोमा सरकारले प्रस्ताव फिर्ता लिएसंगै निश्क्रिय रहेको थियो । तर अहिले सरकारले फेरि परिमार्जनसहितको संशोधन प्रस्ताव ल्याएपछि गडबन्धन ब्युँताउन लागिएको हो । सरकारले संशोधन प्रस्तावको सैदान्तिक छलफल समेत संसदमा सुरु भइसकेको अवस्थामा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न आज गठबन्धनको बैठक बोलाइएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकले संविधान संशोधन प्रस्ताव असफल पार्ने रणनीति तय गर्नेछ ।

प्रकाशित : 27 April, 2017

प्रतिक्रिया दिनुहोस्