केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिरियाको अन्तर्राष्ट्रिय बिमानस्थलमा बिष्फोट

सहयात्रा टिभी

बैशाख १४, २०७४ । सिरियाको राजधानी दमास्कस नजिकै रहेको एक अन्तर्राष्ट्रिय बिमानस्थलमा ठूलो विष्फोट भएको छ । सिरियाको मानवअधिकारको क्षेत्रमा काम गर्दै आएको सिरियन अब्जरभेटरीले ठूलो विष्फोट भएको जनाएपनि त्यसको कारण र नोक्शानीबारे केही बताएको छैन । घटनास्थल राजधानी दमास्कसबाट २५ किलोमिटर दक्षिण पूर्वी क्षेत्रमा पर्दछ । बिष्फोटपछि सो क्षेत्रमा आगलागी भएको छ । सिरियामा २०११ बाट सुरु भएको गृहयुद्धका कारण हालसम्म ३ लाख २० हजार भन्दा बढीको मृत्यु भैसकेको छ । तनाव अन्त्यका लागि राजनीतिक बृत्तमा थुप्रै प्रयास भएपनि समाधान भने हुन सकेको छैन ।

प्रकाशित : 27 April, 2017

प्रतिक्रिया दिनुहोस्