केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतीय अभिनेता बिनोद खन्नाको निधन

सहयात्रा टिभी

बैशाख १४, २०७४ । भारतीय चलचित्रका वरिष्ठ अभिनेता बिनोद खन्नाको ७० बर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका खन्नाको आज बिहान मुम्बाइस्थित एक अस्पतालमा निधन भएको हो । पेशावरमा १९ सय ४६ मा जन्मेका खन्नाले १ सय ४० भन्दा बढी चलचित्रमा अभियन गरेका छन । खन्नाले १९ सय ६८ मा सुनिल दत्ताको फिल्म मनका मीतबाट आफनो फिल्मी यात्रा सुरु गरेका थिए । खन्नाले अभिनय गरेको एक थी रानी ऐसी भी नामक फिल्म हालै प्रदर्शनमा आएको थियो । खन्नले अभिनय गरेका चलचित्र मध्ये मेरे अपने, दयावान, कुर्वान, मेरा गाव मेरा देश निकै चर्चित छन । खन्ना १९ सय ९७ मा भारतीय जनता पार्टीमा आबद्ध भएका थिए । उनी चारपटक पंजाबको गुरदासपुरबाट लोकसभा सांसदमा निर्वाचित समेत भएका थिए । अटल बिहार बाजपेयीको सरकारमा उनले पर्यटन तथा संस्कृति मन्त्रालय सम्हालेका थिए । खन्नाको निधनमा भारतीय चलचित्रका हस्तीहरुले शोक व्यक्त गरेका छन ।

प्रकाशित : 27 April, 2017

प्रतिक्रिया दिनुहोस्