केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकार र संघीय गठवन्धनबीच संशोधनलाइ फाष्ट ट्रयाकबाट पारित गर्ने सहमति

सहयात्रा टिभी

बैशाख १४, २०७४ । प्रधानमन्त्री दाहाल र संघीय गठबन्धनका नेताहरुबीच संविधान संशोधन विधेयकलाइ द्रुत मार्गबाट पारित गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा संसद सञ्चालन र संविधान संशोधन विद्येयकका बारेमा खुलेर छलफल भएको थियो । गठवन्धनका नेताहरुले एमालेले कुनैपनि हालतमा निर्वाचन भाँडन खोजेकाले सरकारलाइ संविधान संशोधनमा सहयोग गर्ने बताएका छन । बैठकले भोलि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको बैठक बोलाउने निर्णय पनि गरेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री कमल थापा, माओवादी केन्द्रका नेता वर्षामान पुन र गठबन्धनका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित : 27 April, 2017

प्रतिक्रिया दिनुहोस्