केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकार र बिपक्षीबीच टकरावको स्थिति, संकटमा संशोधन बिधेयक

सहयात्रा टिभी

बैशाख १४, २०७४ । सरकार र बिपक्षी दलहरुबीच पुनः टकरावको स्थिति उत्पन्न भएको छ । संविधान संशोधन र स्थानीय तहको संख्याका विषयमा फरक–फरक अडान भएपछि पुनः सरकार र बिपक्षी दलहरु आमनेसामने भएका हुन । सरकारले कुनैपनि हालतमा संशोधन बिधेयक पारित गर्ने अडान लिएपछि एमाले नेतृत्वको नौ दलीय बिपक्षी गठवन्धन पनि जुर्मुराएको छ । सरकारले गत मंसिर १४ गते संशोधन प्रस्ताव ल्याएसंगै सो विरुद्ध गठबन्धन सक्रिय रहेकोमा सरकारले प्रस्ताव फिर्ता लिएसंगै निश्क्रिय रहेको थियो । तर अहिले सरकारले फेरि परिमार्जनसहितको संशोधन प्रस्ताव ल्याएपछि गठबन्धन सक्रिय भएको छ । बिहीबार बसेको गठवन्धनको बैठकले संशोधन प्रस्तावमाथि संशोधन हाल्ने र सत्तापक्षले चाहे जस्तो कुनैपनि हालतमा संशोधन प्रस्ताव पारित हुन नदिने निर्णय गरेको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले संविधान संशोधन प्रस्ताव असफल पार्ने नीति लिएको हो । उता, संघीय गठवन्धन र सरकारको बिहीबार बसेको बैठकले फाष्ट ट्रयाकबाट संशोधन प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।

प्रकाशित : 27 April, 2017

प्रतिक्रिया दिनुहोस्