केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ब्यापार घाटा नियन्त्रण हुन्छ, वाणिज्य मन्त्रालय तातिसक्यो– सचिव उपाध्याय ( विशेष अन्तर्वार्ता )

सहयात्रा टिभी

वाणिज्य सचिव ङईन्द प्रसाद उपाध्यायले मुलुकले बेहोर्र्दै आएको ब्यापार घाटा अब नियन्त्रणमा आउने बताउनु भएको छ । सहयात्रा टीभी डटकमसंग विशेष कुराकानी गर्दै सचिव उपाध्यायले अन्य मन्त्रालयहरुसंग पनि सहकार्य र समन्वय तीव्र पारिएकाले अब  लगानी बढने र उत्पादन पनि बढ्ने दावी गर्नुभयो । प्रस्तुत छ, सचिव उपाध्यासंगको गरिएको कुराकानी, जस्ताको त्यस्तै ।
१. ब्यापार प्रवद्र्यनका लागि मन्त्रालयले के कस्ता काम गरिरहेको छ  ?
फोकस्ड एरियाहरु के के हुन भन्दा पहिला अलिकति पृष्ठभूमीमा ट्रेड सेक्टरको इकोनोमीमा इम्पोर्टेन्स के भनेर प्रवेश गर्दा उपयुक्त हुन्छ जस्तो लाग्छ । इकनोमिक ग्रोथको प्रेरकको रुपमा चाहिं ट्रेड सेक्टरको कन्ट्रिव्युसन रहने हुँदा ट्रेड सेक्टरलाइ प्रमोट गर्ने कामका लागि थुप्रै इन्टरभेन्सन हुने गर्छन । हाम्रो वाणिज्य मन्त्रालयले बेसिकल्ली ट्रेड सेक्टरको डेभ्लभमेन्ट र प्रमोशनका लागि सबैभन्दा पहिला चाहिने पोलिसी रिफर्मका मेजरहरु, रेगुलेटरी रिफर्मका मेजरहरु र कतिपय कानूनी सुधार, इनिस्टीच्युसनल एरेन्जमेन्ट गर्ने काम, इन्भाइरोन्मेन्ट क्रियट गर्ने काम गर्छ । यो वास्तवमा निरन्तर प्रक्रिया हो । त्यो मिनिस्ट्रिको एजेण्डामा कार्यसूचीमा संगै रहिरहने विषय भएको हुनाले नीतिगत रुपमा नीति तर्जुमा गर्ने, रणनीति तर्जुमा गर्ने, कार्यान्वयन गर्ने, कानूनी सुधार गर्दै जाने, संस्थागत सुधार गर्दै जाने र ब्यापार सम्बद्ध पूर्वाधारका निर्माण गरेर ब्यापारलाइ प्रवद्र्यन गर्ने कामका लागि यी कार्यसूचीमा मन्त्रालय केन्द्रीत रहेको हुन्छ । त्यो रेगुलर प्रोसेस हो । ब्यापार सेक्टरको प्रोमोसनको लागि इकोनोमिक इन्जिनलाई फङसनल बनाउनका निमित्त, इकोनोमिक ग्रोथलाई कन्ट्रिव्युट गराउनका निमित्त मेजर फन्डामेन्टल केही क्षेत्र हुन्छन । ती क्षेत्रमा पनि संगसंगै फोकस गराउनु छ । जस्तैः हाम्रो इन्टरनेशनल मार्केटमा नेपाली बस्तुहरुको पहुँच कसरी बृद्धि गर्ने भन्ने विषय महत्वपूर्ण छ । जति हामी एक्सपोर्ट बृद्धि गर्न सक्छौं, त्यति नै इकोनोमीलाई ट्रेड सेक्टरले कन्ट्रिव्युट गर्न सक्छ । र, त्यसका लागि म्यानिफ्याकचरिङ बेस एक्सपान्सन गर्न जरुरी हुन्छ , जसले प्रोडक्सन क्रियसन गर्छ, इम्लोइमेन्ट पनि जेनरेट गर्छ । त्यसले अल्टिमेट्ली इकोनोमीलाइ कन्ट्रिव्युट गर्छ । अब त्यो काम भैसकेपछि यसले रिजल्ट डेलिभर गर्नेक्रम सुरु हुन्छ । तर,अहिलेको स्ट्याटस हेर्दा हाम्रो इम्पोर्टको सिच्युयसन असाध्यै प्रत्येक बर्ष बढिरहेको छ, एक्सपोर्ट स्थिर भएर बसेको छ । बृद्धि हुँदा खेरी पनि अलिकति इनसिग्नीफिकेन्ट क्वान्टिटिमा बृद्धि भएको कारणले गर्दा ट्रेड डिफिसिट प्रत्येक बर्ष वाइडनिङ भएर गएको छ । त्यसको कारण के हो भन्ने कुरा नै महत्वपूर्ण हुन्छ, पहिला । त्यसकारण मन्त्रालयले यसको पछाडिको कारण के हो भनेर आइडेन्टीफाइ गर्दा मेजर हाम्रो डोमेष्टिक सप्लाइ कपासिटी नै प्रमुख हो । त्यसकारणले यो डोमेष्टिक सप्लाइ कपासिटी इनहान्स गर्न प्रोडक्सन बढाउनुपर्ने हुन्छ, त्यो हुनाले प्रोडक्ट डेभलभमेन्ट एउटा एरियामा कामगर्ने भाको छ, यद्यपी प्रोडक्ट डेभलेभमेन्टको काम वाणिज्य मन्त्रालयसंग मात्र सिमित होइन, यसले फ्यासिलेसनको काम र एउटा इन्भाइरोमेन्ट क्रियट गर्ने काम गर्छ ।  त्यो प्रोडक्ट डेभलेभमेन्ट संगसंगै यो भौतिक पूर्वाधार अर्को महत्वपूर्ण पक्ष हो । त्यसमा हामीले डोमेष्टिक र इन्टरनेशनल रिसोर्सको मोबिलाइजेसन गर्ने काम गर्छौ । त्यसमा पूर्वाधार निर्यात गर्ने ।  जस्तैः हाम्रो बस्तु उत्पादन भएपछि अन्तर्राष्ट्रिय बजारमा पहुँचको लागि आवश्यक पर्ने क्वालिटी रिक्वाइरमेन्ट र कन्फर्मिटी एसेसमेन्टका केही इन्फ्रास्टक्चरहरु चाहिन्छ । त्यसैगरी मार्केटसम्म पु¥याउन र प्रतिष्पर्धी हुन कनेक्टिभिटी, रोड इन्फ्रास्टक्चर र ट्रान्सपोर्टका साधनहरुलाई पूर्वाधारको रुपमा विकास गर्नुपर्छ । बिभिन्न मन्त्रालयहरुसंग समन्वय गरेर हामीले आन्तरिक तथा बाह््य श्रोतको परिचालनका लागि समन्वय गछोैं ।
दोस्रो भनेको ट्रेड फ्यासिलेसन हो, ब्यापार सहजीकरणको काम । यो पनि मन्त्रालयको कार्यसूचीमा हुन्छ । तेस्रो चाहिं ब्यापार प्रवद्र्यनकालागि मेजर मार्केटको प्रोडक्सनको काम पनि हुन्छ, त्यसकारणले यी क्षेत्रमा फोकस्ड भएर मन्त्रालयले काम गरिरहेको छ । यो बाहेक मैले पृष्ठभूमीमा भने पोलिसी रिफर्मका कुरा, इन्भाइरोमेन्ट क्रियसन गर्ने, लिगल इनिस्टिच्युट एरेजमेन्टका कुराहरु पनि मन्त्रालयको नियमित कार्यसूचीमा पर्ने कुराहरु हुन । यसै विषयमा हाम्रो मन्त्रालयले केन्द्रीत भएर अगाडि बढिरहेको छ ।
२. ब्यापार घाटा कम गर्न मन्त्रालयले के गरिरहेको छ ?
ब्यापार घाटा कम गर्न यसको दुइवटा पक्ष हेर्न जरुरी छ । ब्यापार घाटा किन हुन्छ त ? हामी जति निर्यात गर्छौ, त्यो भन्दा बढी आयात भयो भने ब्यापार घाटा हुन्छ । अर्को हिसाबले भन्दा असन्तुलन हुन्छ, त्यसलाइ सन्तुलन कायम गर्नको निम्ति हामीले निर्यात बृद्धि गर्नुपर्छ । आयात र निर्यातको अनुपातलाई सन्तुलित दरमा मात्रै कायम गर्न सकियो भने ब्यापार घाटा कम हुने स्थिति रहन्छ । अहिले हाम्रो डोमेस्टिक सप्लाइ क्यापासिटी हेर्ने हो भने त्यो स्थिर रुपमा रहेको छ, जसलाई रिजोल्भ गर्नुपर्ने हुन्छ । त्यो भनेको के हो भने हामी ग्लोबोलाइजेसको अहिलेको एजमा हामी लिबरल फ्रि मार्केट इकोनोमीमा इम्पोर्टलाई निषेध गर्ने ग्राउण्ड हुँदैन । इम्पोर्ट चाहिं राष्ट्रको आवश्यकता अनुसार हुने गर्छ । यो नराम्रो कुरा पनि होइन । यदि इम्पोर्टलाइ हामीले म्यानिफ्याक्चरिङलाइ मद्दत पुग्ने गरी उद्योगलाइ प्रेरित गर्दै परिचालन गर्न सक्यौं भने त्यसले फेरि अर्को औद्यगिकरणको प्रक्रियालाई कन्ट्रिव्युट गर्छ । तर, हामीकहां  इम्पोर्ट के को लागि भैरहेको छ भने त्यो उपभोगका लागि । त्यसलै गर्दा एक्सपोर्टलाई कन्ट्रिव्युट गर्ने गरी इम्पोर्टलाइ मोबिलाइज गर्न नसकेको कारणले ब्यापार घाटा बढेको हो । त्यसकारण मैले के मा फोकस गरिरहेको छु भने एउटा प्रोडक्ट डेभलेभमेन्ट मा फोकस गर्नुपर्छ । आन्तरिक उत्पादन क्षमता बृद्धि गरिसकेपछि मात्रै अन्तर्राष्ट्रिय ब्यापारको घाटालाई सन्तुलनमा ल्याउन सकिन्छ । उत्पादन बृद्धि भैसकेपछि निर्यात बृद्धि हुन सक्छ । निर्यात बृद्धि भएपछि अनि इम्पोर्टलाई त्यसले आफै म्यानेज पनि गर्छ । अर्को एक्पोर्टलाइ बढाएर पनि ब्यापार सन्तुलित स्तरमा कायम गर्न सक्छ । त्यसकारण उत्पादन बृद्धिको काम, हामीले ट्रेड रिलेटेड इन्फ्रास्टक्चर किन बढाउँछौं भने एउटा त हाम्रो बस्तुलाई आन्तरिक बजारमा प्रतिष्पर्धी बनाउन त्यसले ट्रान्सपोर्ट ट्रेड कस्ट मिनिमाइज गर्न मद्दत गर्छ, अर्को मार्केट एक्सिस पु¥याउनका लागि क्वालिटी इन्स्योर गर्ने काम गर्छ त्यसले । त्यसकारण यो दुइवटा काममा हामी फोकस गछौं । त्यसो भैसकेपछि फ्यासिलेटेसन मेजरहरुपनि लिनु प¥यो । ट्रेड फ्यासिलेटेसनः प्रत्येक स्टेजमा प्रोडक्सन युनिटदेखि मार्केटसम्म जाने जुन सप्लाइ छ, लिंक छ, त्यसलाई सबैतिर फयासिलेटेसन मेजरहरु पनि लिनुपर्छ । त्यसपछि भनेको मार्केट प्रोडक्सनको काम गर्नुपर्छ । बस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्यन गर्न बजार प्रवद्र्यनको काम पनि गर्नुपर्दछ । यो एरियामा मन्त्रालयले काम गरिरहेको छ ।
३. चुनौतीहरु के देख्नु हुन्छ ?
असाध्यै राम्रो प्रश्न राख्नुभयो । मन्त्रालयले धेरै स्पष्ट रुपमा ( भेरी क्लियरली ) २०१५ मा जतिबेला वाणिज्य नीति तर्जुमा ग¥यौं, त्यो नीति तर्जुमा भैसकेपछि नीतिलाइ कार्यान्वयन गर्न जुन ब्यापार रणनीति २०१६ लञ्च ग¥यौं, त्यो बेला हामीले धेरै छलफल गरेका थियौं । त्यो छलफलका क्रममा हाम्रो कन्सेन्ट (सरोकार) के हो त भन्ने आइडेन्टीफाइ ग¥यौं । प्रोडक्सन बढाउनुपर्छ भन्ने कुरामा क्लियर भयो । मेजर अर्को पक्ष चाहिं इन्फ्रास्टक्चर हो । इन्फ्रास्टक्चर डेभलप गर्ने कार्यसूचीलाई पनि हामीले बिभिन्न मन्त्रालयसंग समन्वय गरेर त्यसलाई अघि बढाउन केन्द्रीत भयौं । तेस्रो भनेको हाम्रो प्रोडक्टको मार्केट को एक्सिस कसरी इन्स्युर गर्ने, ट्यारिफ र नन ट्यारिफ ब्यारियरहरु छन अन्तर्राष्ट्रिय बजारमा । तर नेपाललाई भाग्यवशः अन्तर्राष्ट्रिय बजारमा बजार पहुँचको लागि ३ वटा स्किमबाट प्रिफेरेन्स मार्केट एक्सिस छ । त्यो भनेको डिउटी नलाउने व्यवस्था हो । मेजर ट्रेडिङ पार्टनरहरुसंग उनीहरुको बजारसम्म पुग्नको लागि ड्यूटकिा वालहरु भत्किदै गएका छन । संगसंगै नट ट्यारिफ ब्यारियरहरु पनि छन । यस्ता ब्यारियरहरु हटाएर बस्तुलाइ बजारसम्म लैजाने एउटा चुनौती, अर्को पूर्वाधार निर्माण गर्न रिसोर्स मोबिलाइजेसर र बनाउन । यद्ययी त्यो काम चाहिं गर्नुपर्छ, भैराखेको पनि छ । र अर्को प्रोडक्ट डेभलेपमेन्ट र म्यानिफ्याक्चरिङलाई एक्सपाण्ड गरेर जब क्रियसन गर्ने । यी तीन चार कुराहरु हाम्रा लागि चुनौतीका हुन, जसलाई अवसरमा परिणत गर्न सकिने स्थिति पनि छ । त्यसकारण यो एउटा पाटो भयो ।  तीन चारवटा एरिया, यसबाट नेपालको बैदेशिक ब्यापारको असन्तुलनलाइ मिनिमाइज गरेर ब्यापार घाटा नियन्त्रण गरेर एक्सपोर्ट बढाउने काम हाम्रो लागि चुनौतीपूर्ण छ । अहिले हामीले जुन कुरा क्लियरली आइडेन्टिफाइ ग¥या छौंं, तीनलाइ इन्टरभेन्सन गर्न सकेपछि हामीले आन्तराष्ट्रिय बजारमा हाम्रो बस्तु लान सक्ने अवस्था भएपछि त्यो चुनौती अवसरको रुपमा पनि परिणत हुने अवस्था रहन्छ ।
४. मन्त्रालयका भावी योजना के छन ?
वाणिज्य मन्त्रालय नेपालको आन्तरिक बजार र ब्यापारलाई प्रवद्र्यन गर्ने, विकास गर्ने, सहजीकरण गर्ने र ट्रेड सेक्टरलाइ इकोनोमीको एउटा बलियो पिलरको रुपमा स्थापित गर्न कन्ट्रिव्युट गर्ने मन्त्रालय हो ।  अहिले पनि समग्र जिडिपी हेर्दा करिब २२ अर्ब अमेरिकी डलर त्यसमा ट्रेड सेक्टरमा हाम्रो चाहिं मर्केन्टाइल आइटिम र सर्भिस सेक्टरको कन्ट्रिव्युट ५३ प्रतिशत छ । अझ ओभरअल हाम्रो जिडिपीमा ५३ प्रतिशत सर्भिस र गुड्सको कन्ट्रिव्युसन छ । इम्पोर्ट एक्पोर्ट दुइटैको डाटा हो यो । त्यो भनेको मेजर सेयर ट्रेडको इकोनोमी भन्ने भएपछि इकोनिमक ग्रोथलाइ वा इकोनिमक डेभलप्मेन्टलाई प्राप्त गर्न ट्रेड सेक्टरलाइ अझ बढी कन्ट्रिव्युटर सेक्टरकोरुपमा स्थापित गर्ने उद्देश्उ हो । यसबाट प्रोडक्ट जब क्रियसन गर्ने र गरीवि निवारण ( पोभर्टि एलिभेसन) मा ट्रेड सेक्टरको भूमिकालाई पनि अघि बढाउँदै लैजाने हाम्रो उद्देश्य हो । त्यसले इकोनिमक डेभ्लभमेन्टको माध्यमबाट सोसल डेभ्लभमेन्ट पनि गर्ने सम्भावनलाइ इन्स्योर गर्छ । त्यसकारण वाणिज्य मन्त्रालयले इकोनोमीलाई कन्ट्रिव्युट गर्ने गरी इस्ट्याब्लीस गर्ने र ट्रेड सेक्टरलाई जब क्रियसन गराउन इन्स्योर गर्छ । समग्र रुपमा मन्त्रालयको बृहत उद्देश्य यही हो । यही हिसाबले हाम्रो पोलिसी पनि फर्मुलेसन भएको छ । रणनीतिक कार्यान्वयनको अवस्थामा रहेको छ ।
५ एनटिआइएस भनेको के हो ? यसको उद्देश्य ? लक्ष्य के हो ?
एनटिआइएस भनेको नेपाल ब्यापार एकीकृत रणनीति हो । यो डिटिआएसका रुपमा २००४ मा हामीले फस्ट फेजमा इम्प्लीमेन्टेसनमा ल्याएका थियौं । अनि सेकेन्ड फेजमा २०१० मा इम्प्लीमेन्टेनशनमा आयो । दोस्रो चरणमा यो एनटिआइएसको फर्ममा आयो । अहिले तत्काल हामी तेस्रो चरणको इम्प्लीमेन्टेशनमा गएका छौं । यो भनेको के हो भने हामीले एक्पोर्ट पोटेन्सिलय एरियाहरु भएका वा एक्सपोर्ट पोटेन्सिल भएका प्रोडक्टहरुलाइ बजारमा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्यन गर्ने गरी हामीले प्रायोटाइज गर्नुप¥यो । सबैभन्दा पहिला त हाम्रा मेजर आइटमहरु आइडेन्टिफाइ गर्ने, तीनिहरुको प्रोडक्ट डेभलभ गर्ने, अनि बजारसम्म लाने कामका लागि फोकस्ड रुपमा सरकारका बिभिन्न मन्त्रालयासंग कोर्डिनेटेड रुपमा कार्यक्रमहरु अगाडि बढाएर कार्यान्वयन गर्ने मूल उद्देस्यकासाथ एनटिआइएस आएको छ । यो काममा अहिले हामीले नौ वटा गुड्स र तीनवटा सर्भिस सेक्टरका एरिया आइडेन्टिफाइ गरेका छौं र  १२ वटा प्रोडक्टलाई प्रायोटाइज गरेर त्यसको विकास प्रवद्र्यन गर्ने, निर्यात बृद्धि गर्ने लक्ष्यकासाथ अघि बढेको रणनीतिक कार्ययोजना हो एनटिआइएस भनेको ।
६ नेपालमा निर्यात बढाउन, आयात घटाउन के के गर्दैछौं ?
एनटिआइएसका इम्प्लीमेन्टेशनका बिभिन्न चरणहरु छन । ट्रेड पोलिसीको इम्प्लीमेन्टेशनको लागि एक्सन प्लान । इम्प्लीमेन्टेशनका लागि पनि बिभिन्न मेकानिजमहरु डेभ्लभ ग¥या छौं । त्यो प्लान अनुसार हामीले टार्गेट पनि फिक्स ग¥या छौं । कुन बर्षमा कति हामी प्राप्त गछौंै त्यो फिक्स गरेका छौं । त्यो टार्गेट हामीले प्राप्त गर्न सक्यौं कि सकेनौ, समस्याहरु के आए ? तीनलाइ कसरी समाधान ग¥यौं ? भनेर एक्सन वरिएन्टेड तरिकाले हामीले त्यसलाई इम्प्लीमेन्टेशनमा लैजानुपर्ने हुन्छ । पोटेन्सिलय असाध्यै धेरै छन हाम्रो अगाडि । त्यो पोटेन्सियललाइ रिजल्ट डेलिभर गर्ने हिसाबले हामीले एनटिआइएसलाई इम्लिमेन्टेशनमा लान्छौं । हाम्रो एक्सपेक्टेशन के हो भने बस्तुलाई प्रायोटाइज गर्छ र बस्तु विकासमा कार्यक्रमहरु ल्याएर उत्पादन क्षमता बृद्धि गर्न कन्ट्रिव्युट गर्छ । र, यो मन्त्रालयले फयासिलेटेसनको काम बढी गर्ने हुनाले पनि तथा इन्भारोन्मेन्ट क्रियसन गर्ने भएको हुनाले प्रोडक्सनमा केन्द्रीत हुन मन्त्रालयहरु जस्तै ः कृषी, उद्योग, बन मन्त्रालय, श्रोत परिचालनको निमित्त अर्थ मन्त्रालयसंग समन्वय भैरहन्छ । हाम्रो इम्पोर्ट बढेर ब्यापार घाटा बढी भएको हो, हामीले एरिया आइडेन्टिफाइ गरेका छौं । जस्तो ः पेट्रोलिय पदार्थ धेरै इम्पोर्ट हुन्छ । इनर्जि डेभलेभमेन्ट हुन सक्यो भने ट्रेड डिफिसियट घट्छ । हामीले उत्पादन गर्न सक्ने कृषीजन्य सामानहरु पनि यस्तै हुन । आफैमा हाम्रो उत्पादन क्षमता बृद्धि गर्न सक्यो भने २४÷२५ अर्बको आयत भैराछ, त्यसलाई नियन्त्रण गर्ने सम्भावना रहन्छ । इम्पोर्टलाइ व्यवस्थापन गर्ने र एक्सपोर्ट बृद्धि हुन सक्ने गरी उत्पादन क्षमता विकास हुन सक्यो भने उत्पादन बृद्धिका कार्यक्रम ल्याएर हामीले उत्पादन गर्न सक्यौं भने ब्यापार घाटा कम गर्न सकिन्छ, सन्तुलनमा ल्याउन सकिन्छ । यी कार्यक्रम लिएर अरु मन्त्रालय पनि अघि बढनुपर्ने हुन्छ । अरु मन्त्रालयसंग समन्वय गरेर कार्यक्रम ल्याएका छौं । यसका लागि बिभिन्न संयन्त्र बनाएर  अघि बढेको अवस्था छ ।
ब्यापार घाटा कम गर्ने अर्को भूमिका भनेको लगानी हो । स्वदेशी र बैदेशिक लगानी, दुवै लगानी बृद्धि गर्नुपर्ने अवस्था हुन्छ । नेपालमा लगानी वातावरण बृद्धि गर्ने वातावरण सृजना गरेर उत्पादन बृद्धि गर्ने गरी मोबिलाइज गर्नुपर्छ, केही प्रगतिपनि भएको छ । बैदेशि लगानी भित्र्याउन वाणिज्य मन्त्रालयले समन्वय र सहकार्यको भूमिका निभाइरहेको छ ।

प्रकाशित : 28 April, 2017

प्रतिक्रिया दिनुहोस्