केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्रम्पले गरे चिनियाँ राष्ट्रपति जिनपिङको तारिफ

सहयात्रा टिभी

बैशाख १५,२०७४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सि जिनपिङको खुलेर प्रशंसा गरेका छन । चीनले उत्तर कोरियाको आणविक गतिविधिको विरोध गर्दै त्यसबिरुद्ध लड्ने घोषणा गरेको भन्दै ट्रम्पले राष्ट्रपति जिनपिङको प्रशंसा गरेका हुन । ट्रम्पले जिनपिङलाइ ‘भेरी गुड म्यान’ को संज्ञा दिंदा जिनपिङ राष्ट्र प्रेमी भएको बताए । ट्रम्पले उत्तर कोरियाको संकट समाधान आफूले राजनीतिक रुपमा हल गर्न चाहेको भएपनि यो निकै कठिन भएको बताए । उत्तर कोरियाको संकट समाधान गर्न ठूलो संघर्ष हुनसक्ने उनले बताए । ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ युवा भएको र उनले आफनो देशलाइ गलत बाटोतर्फ डो¥याइरहेको आरोप लगाए । उत्तर कोरियाको संकटमा विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकमा पनि छलफल भैरहेको छ ।

प्रकाशित : 28 April, 2017

प्रतिक्रिया दिनुहोस्