केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसलाइ भक्तपुरमा उम्मेद्वार छान्न सकस

सहयात्रा टिभी

बैशाख १५, २०७४ । स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको चारवटै नगरपालिकामा नेपाली कांग्रेसले प्रमुख तथा उपप्रमुखका लागि नाम सिफारिस गरेपनि निर्णय गर्न समस्या भएको छ । वडा तथा क्षेत्रीय समितिले आकांक्षीहरुको नाम सिफारिस गरेर पठाएपछि जिल्ला समितिलाई उम्मेदवार छान्न सकस भएको हो । भक्तपुर नगरपालिकामा प्रमुखका लागि नारायणप्रसाद तमखु र ऋषिकेशभक्त तिमिला तथा उपप्रमुखका लागि कोपिला कायस्थ र अम्बिकादेवी झाको नाम सिफारिस भएको छ । मध्यपुर थिमि नगरपालिकामा भने प्रमुखका लागि मात्रै अष्टकुमार कवेँ, सन्तोष भट्टराई, सुरेन्द्र श्रेष्ठ, केदार खड्का, मदनकृष्ण श्रेष्ठ, महेश श्रेष्ठ, गणेशमान चक्रधर, मुरारी आचार्य, गोकुल शर्मा र जीवन सिजापति गरी १० जनाको नाम सिफारिस भएको छ । उपप्रमुखमा उर्मिला वन, अञ्जना मढिकर्मी, भगवती अधिकारी, प्रमिला आचार्य, कमला कर्माचार्य (बस्नेत), लक्ष्मीशोभा प्रजापति र निर्मला थापा गरी सात जनाको नाम सिफारिस भएको छ । त्यसैगरी सूर्यबिनायक नगरपालिकामा विष्णुराज कार्की, निशान ढुङ्गेल, उद्धव सिलवाल, राजु खड्का, सुशील बस्नेत, कृष्णमुरारी न्यौपाने, राजनकाजी त्वाती, शङ्कर केसी, कवीर राणा, रवि राणा, उपेन्द्रनन्दन तिमल्सिना, धर्मभक्त श्रेष्ठ, अच्युतप्रसाद मिश्र, भेषबहादुर कार्की, विदुरमान सिंह र नारायणभक्त खायमली गरी १६ जनाको नाम सिफारिस भएको छ । उपप्रमुखमा भने संगिता थापा, कल्पना राजथला, सावित्री कार्की, गौरी खड्का खत्री, रीता खत्री कार्की, शोभा अधिकारी, विजयाशर्मा कोइराला, ललिता धिताल पोखरेल र रुपा भट्टराईको नाम सिफारिस भएको छ । यता चाँगुनारायण नगरपालिकामा भने कृष्णलाल भँडेल, राजाराम खड्का, किरण न्यौपाने, जगन्नाथ कार्की, मनोजकुमार थापा, शिवहरि केसी, यादव अधिकारी, पुरुषोत्तम लामिछाने, शङ्करप्रसाद गौतम, जीवन खत्री, सम्पूर्ण रोक्का, टङ्कबहादुर कार्की, सुरेश श्रेष्ठ र उद्धव खड्का गरी १४ जनाको नाम सिफारिस भएको छ । उपप्रमुखमा भने राधा कार्की, सरु बानियँ, रुपादेवी थापा, सावित्री लामिछाने, संगिता फुयाल र सुभद्रा काफ्ले गरी पाँच जनाको नाम सिफारिस भएको छ । सिफारिस भएका नाम मध्ये आधिकारिक उम्मेदवार चाँडै तोकिने जिल्ला समितिले जनाएको छ ।

प्रकाशित : 28 April, 2017

प्रतिक्रिया दिनुहोस्