केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उत्तर कोरियाद्वारा अर्को ब्यालिष्टक मिसायल परीक्षण

सहयात्रा टिभी

बैशाख १६, २०७४ । अमेरिका लगायत शक्ति राष्ट्रसंग तनाव बढ्दै गैरहेकाबेला उत्तर कोरियाले पुनः ब्यालिष्टक मिसायल परीक्षण गरेको छ । मिसायल छोडेको केही सेकेण्डमै विष्फोट भएको दक्षिण कोरिया र अमेरिकी सेनाले जनाएको छ । अमेरिकी सेनाका अनुसार मिसायल उत्तर कोरियाको भूमी पार गर्न पनि असफल भएको थियो । राजधानी प्योङयाङको उत्तरस्थित प्योगान प्रान्तमा मिसायल परीक्षण गरिएको दक्षिण कोरियाका सेना प्रमुखले जनाएका छन । मिसायलको क्षमता र प्रकृतिका बारेमा भने केही बताइएको छैन । घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै उत्तर कोरियाले चीन र त्यहांका राष्ट्रपति सी जिनपिङको अपमान गरेको प्रतिक्रिया दिएका छन । उत्तर कोरियाले भने कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित : 29 April, 2017

प्रतिक्रिया दिनुहोस्