केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चुनावका विषयमा सरकार र दलहरु अझै अलमलमा

सहयात्रा टिभी

बैशाख १६, २०७४ । सरकारले बैशाख ३१ र जेठ ३१ दुइ चरणमा स्थानीय तहको निर्वाचन गर्ने मिति तोकिसक्दा पनि निर्वाचन हुने नहुने अन्यौल भने कायमै छ । प्रधानमन्त्री पुष्पकमल दाहालले नै दुइ चरणमा निर्वाचन गर्दा प्रँविधिक समस्या आउने बताएपछि तोकिएको निर्वाचन मिति प्रभावित हुने संकेत देखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलिय बैठकमा प्रधानमन्त्री दाहालले एकै चरणमा निर्वाचन गर्नका लागि दलहरूको धारणा माग्नु भएको थियो । दाहालले पहिलो निर्वाचनपछिको मतगणनाले अर्कोलाई प्रभावित गर्ने, बीचमा आउने बजेटले समेत सकारात्मक सन्देश नदिने भन्दै दलहरूको धारणा माग गर्नुभएको हो । बैठकमा एमाले र राजपाले दुई चरणमा नभई निर्वाचन एकै चरणमा गर्नुपर्ने बताएको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिनुभयो । बैठकमा सहभागी एमालेका नेता अग्नि खरेलले संविधान संशोधन विधेयक पारित हुन नदिने अडान राख्नुभएको थियो । उहाँले निर्वाचनअघि बजेट ल्याउन नमिल्ने बताउनु भएको थियो । यसैबीच, नेकपा एमाले स्थायी कमिटी बैठकले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन नदिने निर्णय गरेको छ ।

प्रकाशित : 29 April, 2017

प्रतिक्रिया दिनुहोस्