सातु र सर्वत खाएर अक्षय तृतीया मनाइदै

सहयात्रा टिभी

बैशाख १६, २०७४ । बैशाख शुक्ल तृतीयाका दिन आज, सातु र सर्वत खाएर अक्षय तृतीया पर्व मनाईदैछ । अक्षय तृतीयाका दिन दान, होम, जप, गरि सातु र सर्वत खाने प्रचलन छ । आजको दिन गरिएको दान, होमको फल अक्षय अर्थात कहिले नष्ट नहुने भएकाले बैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको धार्मिक मान्यता छ । जौको सातुमा गुड, चिनी, घीउ, दही मिसाएर सख्खर हाली सर्वत बनाएर दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाईने विश्वास छ । मत्स्यपुराण लगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताईएको छ । यसैदिन त्रेता युगको सुरुवात भएकाले युगादी तिथिका रुपमा समेत मानिन्छ । अक्षय तृतीयामा भगवान विष्णुको सातौं अवतारका रुपमा परशुरामको जन्म भएकाले आजका दिनलाई परशुराम जयन्ती पनि भनिन्छ ।

प्रकाशित : 29 April, 2017

प्रतिक्रिया दिनुहोस्