केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुपर ओभरमा मुम्बइ विजयी, आइपिएलमा आज दुइ खेल

सहयात्रा टिभी

बैशाख १७, २०७४ । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्स विजयी भएको छ । आइपिएल अन्तर्गत गएराति मुम्बईले गुजरात लायन्सलाई सुपर ओभरमा पांच रनले पराजित गरेको हो । सुपर ओभरमा जितका लागि १२ रनको लक्ष्य पाएको गुजरातले ६ रनमात्र जोड्न सक्यो । जसप्रित बुम्राहको उत्कृष्ट बलिङ सामू गुजरातले मात्र ६ रन बनाउन सक्यो । सुपर ओभर अन्तर्गत मुम्बईले एक ओभरमा दुई विकेट गुमाएर एघार रन बनाएको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित बीस ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । उसका लागि इशान किसनले ४८ रन बनाए । बलिङमा मुम्बईका क्रुनल पाण्ड्याले तीन विकेट लिए । १ सय ५४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित बीस ओभरमा १ सय ५३ रनमै समेटिएपछि खेल सुपर ओभरमा पुगेको थियो । मुम्बईका लागि पार्थिव पटेलले ७० रन बनाए । बलिङतर्फ गुजरातका बसिल थाम्पीले तीन विकेट लिए । प्रतियोगिता अन्तर्गत आज किंग्स एलाभेन पञ्जाब र दिल्ली डेयर डेभिल्स तथा सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : 30 April, 2017

प्रतिक्रिया दिनुहोस्