=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


स्पेनिस ला लिगामा उपाधि दौड थप रोचक

सहयात्रा टिभी

बैशाख १७, २०७४ । स्पेनिस ला लिगामा बार्सिलोना, रियल म्याड्रिड, एथ्लिट्को म्याड्रिड र रियल सोडिसाड विजयी भएका छन् । ला लिगामा अन्तर्गत सम्पन्न पछिल्लो खेलमा बार्सिलोना, रियल म्याड्रिड, एथ्लिट्को म्याड्रिड र रियल सोडिसाड आ–आफ्ना खेलमा विजयी भएका हुन् । बार्सिलोनाले स्पानुयलमाथि तीन–शुन्यको जित निकाल्यो । बार्सिलोनाको जितमा लुइस स्वारेजले दुई र इभान रेकिटिकले एक–एक गोल गरे । ३५ खेलमा ८१ अंकका साथ बार्सिलोना तालिकाको शीर्ष स्थानमा रहंदा उपाधि दौड रोचक बनेको छ । उता रियल म्याड्रिडले भ्यालेन्सियालाई दुई–एक गोल अन्तरले पराजित ग¥यो । २७ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोलमार्फत रियलले अग्रता लियो । ८२ औं मिनेटमा भ्यालेन्सियाका डानी परेजोले गोल गर्दै खेल बराबरी गरे । ८६ औं मिनेटमा मार्सेलोले रियलका लागि गोल थप्दै रियललाई दुई–एकको जित दिलाए । रोनाल्डो युरोपका शीर्ष पांच लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । यस्तै अन्य खेलमा एथ्लिट्को म्याड्रिडले लास पलमासमाथि पांच–शुन्यले र रियल सोसिडाडले ग्रानाडामाथि दुई–एकको जित निकाले ।

प्रकाशित : 30 April, 2017

प्रतिक्रिया दिनुहोस्