केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्पेनिस ला लिगामा उपाधि दौड थप रोचक

सहयात्रा टिभी

बैशाख १७, २०७४ । स्पेनिस ला लिगामा बार्सिलोना, रियल म्याड्रिड, एथ्लिट्को म्याड्रिड र रियल सोडिसाड विजयी भएका छन् । ला लिगामा अन्तर्गत सम्पन्न पछिल्लो खेलमा बार्सिलोना, रियल म्याड्रिड, एथ्लिट्को म्याड्रिड र रियल सोडिसाड आ–आफ्ना खेलमा विजयी भएका हुन् । बार्सिलोनाले स्पानुयलमाथि तीन–शुन्यको जित निकाल्यो । बार्सिलोनाको जितमा लुइस स्वारेजले दुई र इभान रेकिटिकले एक–एक गोल गरे । ३५ खेलमा ८१ अंकका साथ बार्सिलोना तालिकाको शीर्ष स्थानमा रहंदा उपाधि दौड रोचक बनेको छ । उता रियल म्याड्रिडले भ्यालेन्सियालाई दुई–एक गोल अन्तरले पराजित ग¥यो । २७ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोलमार्फत रियलले अग्रता लियो । ८२ औं मिनेटमा भ्यालेन्सियाका डानी परेजोले गोल गर्दै खेल बराबरी गरे । ८६ औं मिनेटमा मार्सेलोले रियलका लागि गोल थप्दै रियललाई दुई–एकको जित दिलाए । रोनाल्डो युरोपका शीर्ष पांच लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । यस्तै अन्य खेलमा एथ्लिट्को म्याड्रिडले लास पलमासमाथि पांच–शुन्यले र रियल सोसिडाडले ग्रानाडामाथि दुई–एकको जित निकाले ।

प्रकाशित : 30 April, 2017

प्रतिक्रिया दिनुहोस्