केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सात वर्षमा १७ हजार मेगावट विद्युत उत्पादन गर्ने

सहयात्रा टिभी

बैशाख १७, २०७४ । उर्जामन्त्री जर्नादन शर्माले सात वर्षभित्र १७ हजार मेगावट विद्युत उत्पादन गर्ने दावी गर्नुभएको छ । रूपन्देहीको भैरहवामा बोल्दै मन्त्री शर्माले सरकारको प्रत्यक्ष निगरानीमा ८ हजार र निजी क्षेत्रको सहभागितामा नौ हजार मेगावट उत्पादन गर्ने बताउनुभयो । उहाँले अब विद्युतकै कारण उद्योग व्यवसाय धरापमा पर्न नदिने भन्दै लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो । मन्त्री शर्माले रुपन्देहीमा ३२ केभीएले नपुग्ने भएकाले एक वर्ष भित्र काम सम्पन्न गर्ने गरी नयाँ टेण्डर खोल्न प्राधिकरणलाई निर्देशन दिनुभयो । कार्यक्रममा विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ भैरहवा र बुटवललाई चा“डै लोडसेडिङमुक्त बनाउने तयारी थालेको जानकारी दिनुभयो ।

प्रकाशित : 30 April, 2017

प्रतिक्रिया दिनुहोस्