केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संविधान संशोधनका ५० प्रस्ताव, आजैबाट छलफल

सहयात्रा टिभी

बैशाख १७, २०७४ । ब्यबस्थापिका संसदको बैठकमा सरकारले दर्ता गरेको संशोधन प्रस्तावमाथि आजबाट छलफल सुरु हुँदैछ । सरकारले संसदमा पेस गरेको संविधानको दोस्रो संसोधन विधेयकमाथि ५० वटा संशोधन प्रस्ताव दर्ता भएको र ती माथि आजैबाट छलफल सुरु हुने सचिवालयले जनाएको छ । यसअघि हिजो सत्तारुढ दल र बिपक्षी एमालेसहित बिभिन्न पार्टीका सांसदहरुले संशोधन प्रस्ताव दर्ता गरेका थिए । संशोधन दर्ताको अन्तिम दिन अबेर मात्र सत्तारुढ दल र मधेसी मोर्चाका नेताहरुबीच संशोधन दर्ता गर्ने सहमति भएको थियो । उनीहरुले राती दश बजे संसद सचिवालयमा संशोधन दर्ता गरेका हुन । सत्तारुढ दलले राखेको संशोधन पास भए अब प्रदेशको सीमांकन हेरफेर गर्दा सम्वन्धित प्रदेशको सहमति चाहिने छैन, परामर्श मात्र लिइनेछ । संसदमा दर्ता भएको विधेयकमा सम्वन्धित प्रदेशको सहमतिमा सीमांकन हेरफेर गर्न सकिने व्यवस्था छ । यस्तै संघीय आयोग गठनसम्वन्धी धारामाथि पनि संशोधन हालिएको छ । आयोगको गठन समानुपातिक समावेशी सिद्धान्तका आधारमा गर्न प्रस्ताव गरिएको छ । संशोधन माओवादीका प्रमुख सचेतक टेकबहादुर बस्नेत, कांग्रेसका चिनकाजी श्रेष्ठ, राप्रपाकी कुन्ती शाही, तमलोपाका जंगीलाल राय र सद्भावनाका लक्ष्मणलाल कर्णले दर्ता गरेका हुन । यसअघि प्रमुख प्रतिपक्षी एमालेलगायत दलका सांसद्ले संशोधन दर्ता गरेका थिए ।।।।

प्रकाशित : 30 April, 2017

प्रतिक्रिया दिनुहोस्