केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बोको हरामद्वारा ८० किशोरी मुक्त, १८० को अवस्था अज्ञात

सहयात्रा टिभी

एजेन्सी । नाइजेरियाको इस्लामिक बिद्रोही समूह बोको हरामले तीन बर्ष अघि अपहरण गरेका २ सय ७६ बालिका मध्ये ८० जनालाइ रिहा गरेको छ । उत्तर पश्चिमी नाइजेरियाबाट तीन बर्ष अपहरण गरेका मध्ये बोको हरामले ८० जनालाइ रिहा गरेको बिबिसिले जनाएको छ । सरकारसंगको वार्तापछि उनीहरुलाइ रिहा गरिएको बताइएको छ । बा“की १ सय ९५ बालिकाहरुको अवस्थाका बारेमा भने केही खुलाइएको छैन । रिहा गरिएको सबै बालिका सेनाको संरक्षणमा रहेका मछन । उनीहरुलाइ क्यामरुनसंग सीमा जोडिएको सडक क्षेत्रबाट ल्याइएको थियो । बोको हरामले सन २०१४ मा उत्तर पूर्वी चिबाँक शहरको एक छात्रावासबाट अपहरण गरिएको थियो ।

प्रकाशित : 7 May, 2017

प्रतिक्रिया दिनुहोस्