केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काश्मिरमा प्रहरीमाथि हमला, ४ मारिए

सहयात्रा टिभी

भारत । भारत प्रशासित कश्मिरको कुलगाम जिल्लामा प्रहरीमाथि भएको आक्रमणमा चार जना मारिएका छन । कुलागाम जिल्लाको मीरबजारमा प्रहरीमाथि भएको बम आक्रमणमा एक प्रहरी र एक आक्रमणकारसहित चार जनाको मृत्यु भएको हो । श्रीनगरबाट करिब ६० किलोमिटर टाढा प्रहरीमाथि लगातार फायरिङ गरिएको थियो । श्रीनगर जम्मु राष्ट्रिय राजमार्गमा ट्राफिक जाम हटाउन सक्रिय भएकाबेला प्रहरीमाथि आक्रमण भएको थियो । कारमा सवार आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ । मारिनेमा अन्य दुइ जना सर्वसाधारण रहेका छन । प्रहरीले सो क्ष्ँेत्रमा आक्रमणकारीको खोजि तीव्र पारेको जनाएको छ ।

प्रकाशित : 7 May, 2017

प्रतिक्रिया दिनुहोस्