केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्विरोधको परिणाम आउँदै, एमाले अग्रस्थानमा

सहयात्रा टिभी

काठमाडौं । बैशाख ३१ गते स्थानीय तहका लागि पहिलो चरणको निर्वाचन नजिकिएसंगै निर्विरोध निर्वाचितका परिणामहरु पनि धमाधम आउन थालेका छन । हालसम्म ३ सय १६ जना निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार केही स्थानमा उम्मेदवारी दर्ता भएकै दिन र केहीमा उम्मेदवारी फिर्तापछि निर्विरोध चयन गरिएको हो । निर्विरोध भएकामध्ये एमाले सबैभन्दा अगाडि छ । एमालेका १४२, कांग्रेसका ९४, माओवादी केन्द्रका ३६ र स्वतन्त्रबाट उम्मेदवारी दिएका ४२ जना चयन भएका छन् । ५६ वडाध्यक्ष पनि निर्विरोध भएका छन । ६३ महिला वडा सदस्य, ७७ दलित महिला सदस्य र ११६ खुलातर्फका वडा सदस्य पनि निर्विरोध भएको आयोगले जनाएको छ । यस्तै, राप्रपाका ४ तथा नया“ शक्ति र परिवार दलको एक–एक उम्मेदवार पनि निर्विरोध निर्वाचित भएका छन ।

प्रकाशित : 7 May, 2017

प्रतिक्रिया दिनुहोस्