केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महाअभियोगका विषयमा संसद्को अन्योल, बैठक स्थगनको तयारी

सहयात्रा टिभी

काठमाडौं । व्यवस्थापिका संसद्को बैठक आज बस्दै छ । दिउ“सो १ बजे बैठकलाइ निकै अभिरुचिपूर्वक हेरिएको छ । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीलाइ पुनर्वहाली गर्न गरेको आदेश र प्रधानन्यायाधीश कार्कीबिरुद्धको महाअभियोग प्रस्तावका विषयमा संसद् केन्द्रीत हुने अनुमान गरिएको छ । दलहरुबीच सहमति हुन नसक्दा बैठक सूचना टा“सेर स्थगित गर्ने तयारी समेत भएको बुझिएको छ । प्रतिपक्षी नेकपा एमालेले महाअभियोग प्रस्तावको विरोध गरेको छ भने कार्कीलाइ पुनर्वहाली गर्ने आदेशको स्वागत गरेको छ । सत्तारुढ दलहरुले संसद्को विशेषाधिकारको हनन भएको प्रतिक्रिया दिएपनि न्यायालयबिरुद्ध उभिने निर्णय गर्न सकेका छैनन ।

प्रकाशित : 7 May, 2017

प्रतिक्रिया दिनुहोस्