केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्पेनिस ला लिगामा बलियाहरुको बर्चश्व

सहयात्रा टिभी

बिबिसी । स्पेनिस ला लिगामा बार्सिलोना, रियल म्याड्रिड, एथ्लिट्को म्याड्रिड र स्पोर्टिङ गिजोन विजयी भएका छन् । ला लिगा अन्तर्गतका पछिल्लो खेलमा बार्सिलोना, रियल म्याड्रिड, एथ्लिट्को म्याड्रिड र स्पोर्टिङ गिजोन विजयी भएका हुन् । शीर्ष स्थानको बार्सिलोनाले भिल्ला रियालमाथि चार–एकको जित निकँल्यो । बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई तथा नेयमार र लुइस स्वारेजले एक–एक गोल गरे । भिल्ला रियालकातर्फबाट सेड्रिक बाकाम्बुले सान्त्वना गोल गरे । ३६ खेलको समाप्तिमा ८४ अंकका साथ बार्सिलोना तालिकाको शीर्ष स्थानमा रहेको छ । यस्तै ला लिगाकै अर्को खेलमा रियल म्याड्रिडले ग्रानाडालाई चार–शुन्यले पाखा लगायो । रियलको जितमा जेम्स रोड्रिगुएज र अल्भारो मोराटाले समान दुई–दुई गोल गरे । ३५ खेल खेल्दै रियल ८४ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । ला लिगाकै अन्य खेलमा एथ्लिट्को म्याड्रिडले इबरमाथि र स्पोर्टिङ गिजोनले लास पलमास माथि समान एक–शुन्यको जित निकाले ।।।

प्रकाशित : 7 May, 2017

प्रतिक्रिया दिनुहोस्