केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फ्रान्समा राष्ट्रपति चयनका लागि मतदान हुँदै

सहयात्रा टिभी

बिबिसि । फ्रान्समा राष्ट्रपति चयनका लागि आज मतदान भैरहेको छ । दोस्रो चरणको निर्वाचनका लागि मध्यमार्गी ३९ वर्षिय इम्मानुएल म्याक्रोन र चरम दक्षिणपन्थी ४८ वर्षिय मरिन ले पेनबीच प्रतिष्पर्धा हुन लागेको हो । फ्रान्सवाहिर रहेका नागरिकहरुले मतदान सुरु गरिसकेका छन् । पहिलो चरणमा कुल ११ उम्मेदवारहरुले निर्वाचनमा भाग लिएपनि दोस्रो चरणमा म्याक्रो र पेन पुगेका थिए । उदारवादी मध्यमार्गी म्याक्रो व्यापारउन्मुख र युरेपेली संघका प्रखर सर्मथक हुन् भने ले पेन आप्रवासीविरुद्ध कडा नीति उपनाउनुपर्ने मान्यतामा जोड दिन्छन । धेरैले निर्वाचनमा म्याक्रोनले नै विजय हासिल गर्ने बताइरहदा विश्लेशकहरुले भने मतदानमा सहभागी नहुनेको संख्या बढेमा म्याक्रोनलाई घाटा हुने बताएका छन् । युरोपको भविष्यसंग जोडिएको राष्ट्रपतिय निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।।

प्रकाशित : 7 May, 2017

प्रतिक्रिया दिनुहोस्