केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संसद् बैठक स्थगित, अर्को बैठक जेठ ४ गते

सहयात्रा टिभी

काठमाडौं । व्यवस्थापिका संसद्को बैठक जेठ ४ गतेसम्मको लागि स्थगित भएको छ ।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक जेठ ४ गतेसम्मका लागि सारिएको सभामुख ओनसरी घर्तीले जानकारी दिनुभयो । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीलाइ पुनर्वहाली गर्न गरेको आदेश र प्रधानन्यायाधीश कार्कीबिरुद्धको महाअभियोग प्रस्तावका विषयमा संसद्ले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने पर्खिरहेकाबेला बैठक स्थगित भएको हो । सांसदहरु स्थानीय तहको निर्वाचनमा व्यस्त रहनुपर्ने भएकाले बैठक स्थगित गरिएको जनाइएको छ ।

प्रकाशित : 7 May, 2017

प्रतिक्रिया दिनुहोस्