सर्वोच्चको आदेशले संसद्को विशेषाधिकार हनन–सभामुख

सहयात्रा टिभी

काठमाडौं । सभामुख ओनसरी घर्तिले सर्वोच्चको अन्तरिम आदेशले व्यवस्थापिका संसद्को विशेषाधिकार हनन भएको गुनासो गर्नुभएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै सभामुख घर्तीले संसदमा प्रवेश गरेको विजनेस संसदको आन्तरिक मामिला र विशेष अधिकार भएको बताउनुभयो । प्रधान न्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव अगाडि बढिसकेको अवस्थामा सर्वोच्चले अभियोगका लागि पर्याप्त आधार नभएको भन्दै कार्कीलाई आफ्नो नियमित काममा फर्किन आदेश दिएपछि सभामुखको यस्तो प्रतिक्रिया आएको हो । सभामुख घर्तीले शक्ति पृथकिकरणको सिद्धान्त अनुसार राज्यका तीनै निकाय आफ्नो सीमा भित्र रहनु पर्ने धारणा राख्नुभयो । उहाँले महाअभियोग प्रस्ताव संसद्बाटै टुंगो लाग्ने समेत जानकारी गराउनुभयो ।

प्रकाशित : 7 May, 2017

प्रतिक्रिया दिनुहोस्