राष्ट्रपति–प्रधानन्यायाधीश भेटवार्ता
सहयात्रा टिभी
काठमाडौं । सर्वोच्च अदालतबाट पुनर्वहाली भएपछि पहिलो पटक कार्यालय पुग्नु भएकी प्रधानन्यायाधीश सुशीला कार्की र राष्ट्रपति बिद्या भण्डारीबीच भेटवार्ता भएको छ । भेटका लागि प्रधानन्यायाधीश कार्की राष्ट्रपति भवन शीतल निवास पुग्नु भएको थियो । साधारणतया संवैधानिक निकायका प्रमुखले आफनो कार्यकालको अन्त्यतीर पदबाट राजीनामा दिन वा बिदामा बस्दा राष्ट्रपतिलाइ भेटने चलन छ ।