केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यादवद्वारा ठाकुरको निन्दा

सहयात्रा टिभी

काठमाडौं । संघीय गठबन्धनको संयोजकबाट उपेन्द्र यादवलाई निष्कासन गर्दै राजपा अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले जारी गरेको बक्तब्यको यादवले कडा भत्सर्ना गरेका छन्। आइतबार एक वित्तप्ति जारी गर्दै यादवले राजनीतिक झुटको खेती र राजनीतिक बेइमानी भएको आरोप लगाएका छन्। शनिबार यादवलाई गठबन्धनको संयोजकबाट बर्खास्त गर्दै ठाकुर नयाँ संयोजक भएको निर्णय राजपा बैठकले गरेको थियो। सो बैठक लगत्तै ठाकुरले विज्ञप्ति मार्फत यादवलाई कारबाही गरेको र आफू गठबन्धनको नयाँ संयोजक भएको जानकारी गराएका थिए।

प्रकाशित : 7 May, 2017

प्रतिक्रिया दिनुहोस्