केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फ्रान्समा युरोप समर्थक नेता म्याक्रोन राष्ट्रपति निर्वाचित

सहयात्रा टिभी

फ्रान्स । फ्रान्समा युरोप समर्थक मध्यमार्गी नेता इम्यानुयल म्याक्रोन राष्ट्रपतिमा चयन भएका छन । ३९ बर्षीय म्याक्रोन आफना प्रतिष्पर्धी मरी ल पेनलाइ हराउँदै राष्ट्रपति चुनिएका हुन । म्याक्रोनले कुल मतको ६५ प्रतिशत मत प्राप्त गरे । दषिणपन्थी नेतृ पेनले आफनो हार स्वीकार गरेकी छन । पेनले ३४ प्रतिशत मात्रै मत प्राप्त गरिन । राष्ट्रपतिमा निर्वाचित भए लगत्तै म्याक्रोनले आफनो जितले फ्रान्स नयाँ अध्याय सुरु भएको बताउ । उनले आफू आशा र सत्यताको प्रतिक बनेर अघि बढने प्रतिबद्धता जनाए । उनले मुलुकमा बिद्यमान भेदभाव अन्त्य गरी युरोपेली संघ र जनताबीच पुनः सम्र्पक स्थापित गर्ने बताए । जलवायु परिवर्तनका अशर कम गर्न पनि आफू प्रतिबद्ध भएर लाग्ने उनले बताए । जितपछि म्याक्रोनका समर्थकहरुले मुलुकका बिभिन्न स्थानमा बिजयी ¥याली निकालेका छन । म्याक्रोनले अब चाँडै नया“ सरकारको गठन गर्नेछन । आगामी जुनमा फ्रान्समा संसदीय चुनाव गर्ने कार्यतालिका छ ।

प्रकाशित : 8 May, 2017

प्रतिक्रिया दिनुहोस्